जोडिनुहोस
  • होमपेज
  • सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो: विद्रोही नेता अहमद

सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो: विद्रोही नेता अहमद

सिरिया। विद्रोही नेता अहमद अल साराले देशले लामो समयको युद्धबाट कानुनी बाटोमा अगाडि बढेको बताएका छन्। उनले अब युद्धबाट बाहिर निस्कनु आवश्यक रहेको बताए। उनले पश्चिमा र अन्य छिमेकी देशसँग सिरियाले कुनै वैरभाव नराख्ने समेत बताए।

सिरियाको अबको भूमिका तथा विद्रोही शक्तिको भूमिकाबाट कोही पनि सशंकित हुन आवश्यक नरहेको उनको भनाइ छ।

‘संसारले पुरानो सत्ताको भूमिकाका कारण सिरियामा प्रतिबन्ध लगाएका कारण सो प्रतिबन्ध हटाउन आवश्यक रहेको छ’, उनले भने। दुई साता अघि बसार अल आसादलाई सत्ताबाट बर्खास्त गरेका हायात ताहिर अल साम (एचटिएस) का नेता मोहम्मद अल जलाउनीको नामबाट परिचित साराले उनको सङ्गठनलाई आतङ्ककारीको सूचीबाट हटाउन माग गरेका छन्।

एचटिएसलाई अमेरिका, बेलायत, राष्ट्र सङ्घ र युरोपेली युनियनले आतङ्ककारीको सूचीमा राखेका छन्। सन् २०१६ मा नै एचटिएसले अलकायदासँगको आबद्धता त्यागेका कारण सूचीबाट हटाउन आवश्यक रहेको कुरामा उनले जोड दिएका छन्। उनले आफ्नो सङ्गठनले कहिले पनि सर्वसाधारणलाई आक्रमण नगरेको बताउँदै बसार सत्ताबाट सिरियालीलाई न्याय दिलाउन मात्र लडाइँ लडेको जिकिर गरे।

उनले सिरियालाई अफगानिस्तानको मोडलमा नलैजाने कुरामा संसार प्रस्ट हुन आवश्यक रहेको समेत बताए। उनले सिरियामा महिला शिक्षामा जोड दिनु आवश्यक रहेको बताएका छन्। उनले एचटिएसको पकड रहेको इदलिबको विश्वविद्यालयमा ६० प्रतिशत भन्दा बढी महिला भएको दाबी गरेका छन्। उनले सिरियाका कानुनी ज्ञाताहरूले नै संविधान लेख्ने तथा यसलाई सबै राजनीतिक नेतृत्वले मान्न बाध्य हुने बताए।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका