
काठमाडौं। काठमाडौंको सीतापाइलामा चार वटा गाडी आपसमा ठोक्किएका छन्। मंगलबार साढे ११ बजे तिर सीतापाइला चोक नजिकै चार वटा सवारीसाधन ठोक्किएका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डीआई गाडी दुर्घटनामा परेका हुन्।
बा १६ च ६३३७ नम्बरको कार र बाप्र ०२ ०३४ प ४३०२ नं. मोटरसाइकलसँगसँगै गुडिरहेको थियो।
मोटरसाइकलले कारलाई ओभरटेक गर्न खोज्दा कारले ब्रेक लगाएको थियो। त्यही बेला पछाडि गुडिरहेको बा ४ ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको हो।
कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि परेको छ भने पछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा १० च ८७७५ डीआई गाडीमा पुन ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्। ताप्लेजुङ सिजङगा गाउपालिका–४ घर भई हाल जिल्ला काठमाडौं कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते छन्। उनलाई मनमोहन अस्पतालमा लगिएको छ।
अन्य यात्रुहरू सबै सुरक्षित रहेको र सवारीसाधनमा भने क्षति पुगेको छ। क्षति भएका सबै गाडी प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा छ।
महानगर यातायात बस चालकले अर्को सवारीसाधनसँग दुरी कायम नगरी र ध्यान नदिएर चलाएको हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
ल्भउबष्–िएबतचय–ष्ललभचे आशंकामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ ।
छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।