जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका