जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका