सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट बुधबार सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ।
सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बीओपी लौकही र सुरक्षा वेश भुटाहाको टोलीले बरामद गरेको हो।
चालक भने फरार छन्। बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ। यसअघि सशस्त्र प्रहरीले मङ्गलबार बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट २ सय ४५ केजी गाँजा बरामद गरेको थियो ।