जोडिनुहोस
  • होमपेज
  • सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह

सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह

काठमाडौं। पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस क्षेत्रमा थप वर्षा हुने पनि विभागले जानकारी दिएको छ।

निरन्तर ठूलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ।

यस क्षेत्रको होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका