जोडिनुहोस
  • होमपेज
  • सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं। प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन्।

उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकामध्ये समीर दोहाबाट काठमाडौं आएका व्यक्ति हुन्। उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ।

उनीबाट प्रहरीले सुनको एक ढिका सुन, एउटा बेरुवा औँठी र एउटा मोबाइल बरामद गरेको छ। त्यसैगरी देवराजलाई भने बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका