जोडिनुहोस
  • होमपेज
  • सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण

सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं। त्रिभुवन जहाजस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ।

श्री एअरलाइन्सको जहाज सुर्खेतका लागि उडेको थियो। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन जहाजस्थलमै आकस्मिक अवतरण गराएका हुन्।

अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो। जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थल स्रोतले जनाएको छ।

कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका