जोडिनुहोस
  • होमपेज
  • सेयर बजारमा २५.४६ अंकको गिरावट, १० अर्ब १२ करोडमाथिको कारोबार

सेयर बजारमा २५.४६ अंकको गिरावट, १० अर्ब १२ करोडमाथिको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अकंले घटेर २७०१.९० बिन्दुमा बन्द भएको छ । आज ३२८ कम्पीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथिको   सेयर कारोबार भएको छ ।

आज सबैभन्द धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ३५ करोड ८१ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका