जोडिनुहोस
  • होमपेज
  • सेवाग्राहीहरुमाथि गरिने आपत्तिजनक कार्य स्विकार्य छैनः इनड्राइभ

सेवाग्राहीहरुमाथि गरिने आपत्तिजनक कार्य स्विकार्य छैनः इनड्राइभ

काठमाडौं। राइड शेयरिङ प्लेटफर्म इनड्राइभले आफ्ना सेवाग्राहीमाथि हुने कुनै पनि आपत्तिजनक वा गैरकानुनी गतिविधि कडा रूपमा अस्वीकार गर्ने बताएको छ ।

एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टलीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यप्रति शून्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिको कडा निन्दा गर्ने स्पष्ट पारेका छन् ।

कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टिलाई सधैं उच्च प्राथमिकतामा राखेको र विशेषगरी महिलाहरूको सुरक्षामा ध्यान दिइरहेको जनाएको छ । हालै महिला सेवाग्राहीले भोगेको घटनाप्रति दुःख व्यक्त गर्दै इनड्राइभले पीडित सेवाग्राहीसँग क्षमा मागेको छ । कम्पनीले आफूलाई जिम्मेवार सेवाप्रदायकका रूपमा प्रस्तुत गर्दै सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको पनि बताएको छ ।

‘हामी हाम्रा सेवाग्राहीको विश्वासलाई उच्च महत्व दिन्छौं र सेवालाई निरन्तर सुधार गर्न प्रतिबद्ध छौं,’ विज्ञप्तिमा उल्लेख छ । इनड्राइभले आफ्नो प्लेटफर्म प्रयोग गर्ने यात्रु र चालकहरूको सुरक्षाका लागि विभिन्न विशेषताहरू उपलब्ध गराएको पनि जानकारी दिएको छ ।

कम्पनीका सुरक्षा सुविधाहरूमा ‘सेफ्टी बटन’ प्रमुख रहेको छ, जसले प्रयोगकर्तालाई तत्काल सहायता प्राप्त गर्न सपोर्ट टिम, प्रहरी वा एम्बुलेन्ससँग सम्पर्क गर्न सक्षम बनाउँछ । ‘शेयर योर राइड’ फिचरले यात्रुहरूलाई आफ्नो यात्रा विवरण साथीभाइ वा परिवारसँग साझा गर्न मद्दत गर्दछ । साथै, प्रत्येक यात्रापछि यात्रु र चालकको मूल्याङ्कन गर्ने प्रोत्साहनले सेवालाई थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका