जोडिनुहोस
  • होमपेज
  • सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो?

सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो?

प्रारम्भिक रिपोर्टले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समीक्षा गर्न सुझाएको छ। दोस्रोमा, वायुसेवा कम्पनीहरूले कार्गो ब्यागेज हेन्डलिङको मापदण्ड अनिवार्य गर्न सुझाएको छ। ब्यागेज र कार्गोको तौल गर्नुपर्ने, समान राख्दा जहाजको सन्तुलन मिल्ने गरी राख्नुपर्नेछ।

तेस्रोमा, नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रक्रियालाई समीक्षा गर्न सुझाव दिएको छ। कम्पनीहरूको नन सेडुअल फ्लाइट र यात्रुबिनाका जहाज उडानहरूले समेत सबै प्रक्रिया पूरा गर्न सुझाव दिएको छ।

रतीशचन्द्रलाल सुमन संयोजक रहेको आयोगमा दीपुराज ज्वारचन, सञ्जय अधिकारी, डा सुदिन भट्टराई र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन्। आयोगको प्रारम्भिक रिपोर्टले त्रिभुवन विमानस्थलमा गत साउन ९ गते भएको सौर्य एअरलाइन्सको दुर्घटनाका पनि ३ कारण देखाएको छ।

जहाजको तौलमा ध्यान नदिएको, जहाजको लोड अनुसारको गति र उडान प्रक्रियामा त्रुटि रहेको उल्लेख गरेको छ।
जहाजको लोड कति हुनुपर्ने, लोडिङ र सुरक्षा आवश्यकता रहेको उल्लेख गरेको छ। जहाज उडान पूर्व लोडमा ध्यान नदिइएको उल्लेख छ। जहाजको लोड अनुसार कति गतिमा उडान हुनुपर्छ भन्ने मापदण्ड पलना नगरेको उल्लेख छ।

सौर्य एअरलाइन्सकोले ५ सेकेन्डमा ५० फिट माथिको उचाइ लिएको थियो। जहाजले १०० फिटसम्मको उचाइ लिएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, टेक अफ गरेको २९ सेकेन्डमै जहाज झरेको थियो भने २१ सेकेन्डमा जहाज रोटेड भएको फ्लाइट रेकर्डिङ डेटाबाट देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका