जोडिनुहोस
  • होमपेज
  • स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु

स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु

बर्दिया। स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ ।

आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर २ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

एसपी खनालले साहका पत्नी र छोरा घाइते भएको बताएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

स्कुटीमा चार जना सवार थिए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका