जोडिनुहोस
  • होमपेज
  • ‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ

‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडौं। बलिउड फिल्म ‘स्त्री २’ को गीत ‘आज कि रात’, ‘आयी नही’ का कोरियोग्राफर जानी मास्टर पक्राउ परेका छन् ।

साइबराबाद प्रहरीले उनलाई यौन दुर्व्यवहारको आरोपमा बिहीबार गोवाबाट पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार २१ वर्षीय युवती कोरियोग्राफरले उनी विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । ती युवतीले जाहेरी दिएपछि जानी मास्टरलाई पक्राउ गरिएको हो ।

ती युवतीले केही वर्षदेखि आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिंगी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मा जाहेरी दर्ता गराएकी हुन् ।

जाहेरीमा युवतिले आउटडोर सुटिङका क्रममा जानी मास्टरले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् । जानी मास्टरले ‘स्त्री २’ को गीत ‘आई नही’, ‘पुष्पा’ को गीत ‘श्रीवल्ली’ लगायत गीत कोरियोग्राफी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका