जोडिनुहोस
  • होमपेज
  • स्थानीय तह उपनिर्वाचनः मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

स्थानीय तह उपनिर्वाचनः मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

काठमाडौं। मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ ।

उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगले जनाएका छ ।

तसर्थ उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइटमा नै अद्यावधिक गरिने आयोगले राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारी दिएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका