जोडिनुहोस
  • होमपेज
  • स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी छन् ।

प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका