जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्स, स्वास्थ्यकर्मीलगायतको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत उपलब्ध गराउन परिपत्र गरेको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन पनि निर्देशन पनि दिएका छन् ।

विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा.पाण्डेले बताए। यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका