जोडिनुहोस
  • होमपेज
  • ‘हनीट्र्याप’मा पारेर कीर्तिपुरका विनोद खड्गीको हत्या, ५ जना पक्राउ

‘हनीट्र्याप’मा पारेर कीर्तिपुरका विनोद खड्गीको हत्या, ५ जना पक्राउ

काभ्रे। काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ। प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए। त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ।

कीर्तिपुरका ५० वर्षीय खड्गीको शव असोज ६ मा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए।

७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो। अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ।

विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पु¥याइदिन्छन्। तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेकी थिइन्।

अंसु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेका थिए।

त्यहाँबाट फर्किने क्रममा उनीहरुले नेपालमा पनि मनिषामार्फत धनी व्यक्तिलाई ‘हनीट्याप’मा पार्ने र रकम लुट्ने योजना बनाएको प्रहरीको दाबी छ । त्यसमा कीर्तिपुरका विनोद परे।

प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेशले असोज ४ को साँझ मनिषाको राधेराधेस्थित कोठामा भेला भएका थिए। त्यसक्रममा उनीहरुले फिरौतीको योजना बनाए।

त्यसअनुसार मनिषाले ५ गते बिहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुप¥यो भन्दै बोलाइन्। साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाउँछन्। त्यही क्रममा खोर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गर्छन्।

उनीहरुले घाइते विनोदको हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गर्छन्। प्रहरीका अनुसार सुरुमा ३० लाख रुपैयाँ मागेका थिए। तर मनिषाले त्यो रकम धेरै भएको भन्दै १० लाख भन्छिन्।

विनोदले त्यति रकम नभएको, ५ लाख ल्याइदिनसक्ने बताउँछन्। त्यसपछि आफ्नो कार्यालय बधशालाका कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर ५ लाख रुपैयाँ ल्याउन अह्राएको प्रहरीले बताएको छ।

विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पु¥याइदिन्छन्। तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ।

योजनाअनुसार उनीहरुले घाइते विनोदलाई उनकै गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुन्डु जाने सडकमा पु¥याउँछन्। ‘गाडीभित्रै ढुंगाले छातीमा हानेर उनको हत्या गरेको देखिन्छ’ काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन्।

हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पु¥याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर भक्तपुर फर्किन्छन्। पुरानो थिमीमा गाडी छाडेर घर गएका उनीहरुले भोलिपल्ट भेटेर पैसा बाँडछन्। अंशुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको देखिन्छ।

घटनाबारे प्रहरी थाहा पाएपछि मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने सहमति समेत भएको थियो।

तर त्यही दिन प्रहरीले मनिषासहितका व्यक्तिलाई पक्राउ ग¥यो। भारतीय नागरिक भनिएका अंशु र शिवमको इन्टरपोलमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका