जोडिनुहोस
  • होमपेज
  • हाडनाता करणी मुद्दामा कैद भुक्तान गरिरहेका २३ वर्षीय बन्दीको मृत्यु

हाडनाता करणी मुद्दामा कैद भुक्तान गरिरहेका २३ वर्षीय बन्दीको मृत्यु

धनगढी। कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दीपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका