काठमाडौं। प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्।
उनी आइतबार रातिनै वीर अस्पताल भर्ना भएका हुन्। आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो।
रास्वपाकी एक जना केन्द्रीय सदस्यको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर उनी प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका हुन्।