जोडिनुहोस
  • होमपेज
  • हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

सुर्खेत। घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए । माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले बताए ।

सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका