जोडिनुहोस
  • होमपेज
  • १५ लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण

१५ लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण

काभ्रे। नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ।

बीपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो।

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो।

पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए। आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेले जनाएको छ।

बनेपा–सिन्धुली–बर्दिबास १६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ। यो बाटोलाई बीपी राजमार्ग भनिन्छ। जापान सरकारको अनुदानमा बीपी राजमार्ग निर्माण भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका