जोडिनुहोस
  • होमपेज
  • १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना नगर प्रहरी पक्राउ

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना नगर प्रहरी पक्राउ

धनुषा। बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ परेका छन्।

बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा नम्बर १२ घर भएका बब्लु महतो र वडा नम्बर १७ घर भएका दिपेन्द्र राउत छन्। दिपेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो।

‘जाहेरी आउन बाँकी छ। कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुँदैछ,’ धनुषाका डीएसपी रञ्जन अवाले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका