जोडिनुहोस
  • होमपेज
  • २१ महिनापछि कोशीमा संसदीय समितिको नेतृत्व चयन हुँदै, तीन दलले गरे भागबन्डा

२१ महिनापछि कोशीमा संसदीय समितिको नेतृत्व चयन हुँदै, तीन दलले गरे भागबन्डा

विराटनगर। कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन २१ महिनापछि हुन लागेको छ।

भोलि शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज बिहीबार १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन साँझ सवा ५ बजेसम्ममा हुने र दाबी विरोधका लागि ५ः१० देखि साढे ५ बजेसम्म, दाबी विरोधमाथि छानबिन ५ः३० देखि ५ः४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५ः४५ देखि ६ः०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ। त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी दिएको छ।

यसैबीच प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुङ्गो लागेको छ। कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन्।

प्रदेश सभामा रहेका ७ समितिमा एमाले र कांग्रेसले ३–३ र माओवादी केन्द्रले एक समितिको सभापति पाउने गरि सहमति भएको छ। जसमा एमालेले प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा रामदेव यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै कांग्रेसले सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद बान्तवा राई उम्मेदवार बनाउने भएको छ।

त्यसैगरी माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका