जोडिनुहोस
  • होमपेज
  • २२ अकंले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारेबार

२२ अकंले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारेबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा कारोबार सीमित बनेको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ६.४९ प्रतिशतका दरले कमाएका छन् । इङवा हाइड्रोका लगानीकर्ताले ५.४६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका