जोडिनुहोस
  • होमपेज
  • ४९२ जना कैदीको कैद मिनाहा गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

४९२ जना कैदीको कैद मिनाहा गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र बारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने भनी सर्वोच्च अदालतबाट आदेश भएको २०७५ भदौ १ गतेभन्दा पहिला बारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी ४ सय ९२ जनाको कैद मिनाहको सिफारिस गरेको हो।

कारागार व्यवस्थापन विभागले कैद मिनाहको सिफारिसमा परेकाहरूको सूची सार्वजनिक गर्दै कुनै उजुरी वा गुनासो भए सूचना प्रकाशित भएको ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित भई वा ईमेल (bandi.officer@dopm.gov.np) मार्फत उजुरी दर्ता गराउन भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका