जोडिनुहोस
  • होमपेज
  • ४ जना सवार कारलाई गजुरी नजिक पहिरोले बगायो

४ जना सवार कारलाई गजुरी नजिक पहिरोले बगायो

काठमाडौं। नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ।

बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ।

धादिङको गजुरीबाट काठमाडौं जाँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई पहिरोले बगाएको हो। उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका— १२ का ६५ वर्षका धर्म महर्जन, ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन्।

सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका