जोडिनुहोस
  • होमपेज
  • ४ वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो

४ वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो

काठमाडौं। चार वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढेको छ। आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा जनसंख्याको १२.७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत आबद्ध भएको जानकारी गराए। यसरी हेर्दा यो चार वर्षमा १८ प्रतिशतले बीमामा आबद्ध हुने संख्या बढेको छ।

यस्तै डा. बसौलाले आफ्नो चारवर्षे कार्यकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा सरकारले यस्ता कार्यक्रममा ठूलो रकम विनियोजन गरेको र यस्ता दोहोरो कार्यक्रमलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गरी एकद्वार प्रणाली अपनाउन सुझाव दिएको बताए।

त्यस्तै कानून निर्माणमा आफूले नेतृत्व सम्हालेअघि स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मात्रै रहेकोमा आफ्नो नेतृत्वपछि १८ वटा कार्यविधि बनाइएको बताए। पब्लिक–प्राइभेट पार्टनरसिपको सिद्धान्तलाई अवलम्बन गराउने उद्देश्यले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले नजिकको सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थामा गई ओपिडी सेवा दिने व्यवस्था सुरु गरेको, डिजिटल कार्डहरूमार्फत बिमितलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको, स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बीमा दर्ता तथा नवीकरण गर्नसक्ने व्यवस्था लागू गर्न सम्झौता गरेको र नागरिकले आफैँले घरबाटै अनलाइन नवीकरण गर्नसक्ने व्यवस्था गरिएको समेत बताए।

बीमा बोर्डको दरबन्दी स्वीकृति गराई दरबन्दीअनुसारको कर्मचारीबाट कार्य गर्ने व्यवस्था गरेको समेत उनले बताए। कार्यकारी निर्देशक बसौलाका अनुसार २०७७ सालको कार्तिक २६ गतेसम्म अतिगरिब बिमित जनसंख्या ४ लाख ४० हजार ८०९ रहेकामा आफ्नो नेतृत्वपछि ५ लाख २ हजार ८४० पु¥याएको, ३ लाख ८२ हजार २८१ ज्येष्ठ नागरिक बिमित रहेकोमा ०८१ सम्म १० लाख ४० हजार ४०९, एचआईभी संक्रमित बिमितको संख्या १० हजार ७९० बाट ३९ हजार ३८२ पु¥याएको, अनि अशक्त अपाङ्ग बिमितको संख्या ५६ हजार ३०७ बाट १ लाख ५६ हजार ६४६, कुष्ठरोग संक्रमित बिमितको संख्या १ हजार ७२२ बाट ४ हजार ५२, एमडिआरएक्सडिआर टिबी बिमितको संख्या १ हजार ३१४ बाट ३ हजार ६६४ र महिला स्वास्थ्य स्वयंसेविका बिमितको संख्या ६६ हजार ७८८ बाट १ लाख ४५ हजार ६१ पु¥याएको समेत बताए। आफूले नेतृत्व गर्नु पूर्व ५८ जिल्लामा सीमित स्वास्थ्य बीमा कार्यक्रमलाई आफू नेतृत्वमा आएपछि ७७ जिल्लाको ७५३ वटै स्थानीय तहमा सञ्चालन गरेको उनको दावी छ।

उनले भने‚ ‘२८ वटा हटाइयो भनियो, स्वास्थ्य बीमा ऐन छ, नियमावली छ, स्वास्थ्य बीमाले तयार पारेको बेनिफिट प्याकेज छ। सम्झौता विपरीत काम गर्ने, ऐन, नियम विपरीत र बेनिफिट प्याकेज विपरीत काम गर्ने सेवा प्रदायक संस्थालाई कारबाही गरिन्छ। बोर्डको गल्तीअनुसारको निर्णय गर्छ। सम्झौता द्विपक्षीय हुन्छ। रोक्नुप¥यो भने द्विपक्षीय सम्झौता र सल्लाहअनुसार रोक्ने हो। एकपक्षीय रूपमा सेवा भंग गरेर रोकिएका केही अस्पताललाई सूचीबाट हटायो बोर्डले। नियम विपरीत, बेनिफिट प्याकेज विपरीत, गलत दाबी गर्ने अस्पतालहरूलाई सूचीबाट हटाइयो।’

स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक बसौलाको ४ वर्षे कार्यकाल कात्तिक २६ गतेबाट सकिँदै छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका