जोडिनुहोस
  • होमपेज
  • ४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति

अन्तर्राष्ट्रिय

४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति

  • Sanchar NP
  • आइतवार, असार २९, २०८२
४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति

काठमाडौं। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघेको छ। योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ।

इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ। सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो। यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्याएको छ।

ब्लूमबर्गका अनुसार यो लेनदेनले मस्कको व्यक्तिगत सम्पत्ति करिब ५० अर्ब डलरले वृद्धि भइ ४ सय ४० अर्ब डलरसम्म पुर्याएको छ । इलन मस्कको सम्पत्ति मुख्यतः टेस्ला कम्पनीको शेयर मूल्यमा र स्पेसएक्सको बजार मूल्यांकनमा निर्भर छ।

अमेरिकामा गत महिना भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएसँगै टेस्ला र स्पेसएक्सको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो। चुनावी नतिजापछि टेस्लाको शेयर मूल्य करिब ६५ प्रतिशतले बढेको थियो । मस्क ट्रम्पका प्रमुख राजनीतिक दाता र समर्थक छन्।

मस्कले रिपब्लिकनको अभियानमा झन्डै २ सय ७० मिलियन डलर लगानी गरेका थिए । ट्रम्पको विजयपछि मस्कले आफूलाई निरन्तर उनको निकट सहयोगीको रुपमा प्रस्तुत गरेका छन्। यहाँसम्म कि उनले आफ्नो स्पेसएक्स कम्पनीबाट टेक्सासमा गरिएको रकेट प्रक्षेपण हेर्न ट्रम्पलाई निम्तो दिएका थिए।

ट्रम्पले मस्कलाई सरकारी खर्च कटौतीको जिम्मेवारीसहित सरकारी दक्षता विभागको जिम्मेवारी दिने घोषणा गरिसकेका छन्। मस्कका व्यवसायहरू अमेरिकी र अन्तर्राष्ट्रिय सरकारहरूसँग विभिन्न तहमा सम्बन्धित छन्। ट्रम्पसँगको निकटताले मस्कले आफ्ना व्यक्तिगत स्वार्थका लागि लाभ उठाउने प्रक्षेपण गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका