जोडिनुहोस
  • होमपेज
  • ५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा

५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा

काठमाडौं। शेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै परिसूचक २५२९ बिन्दुमा झरेको छ।

घटेको बजारमा कारोबार रकम पनि कम भएको छ। आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार २२९ कम्पनीको शेयर मूल्य घटेको छ। १४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो। आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

आज हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतले बढ्यो। एक्सले विकास बैंकको ८ प्रतिशतले बढेको छ। बढेका अन्य कम्पनीहरूको मूल्य ६ प्रतिशत पनि छोएको छैन।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका