जोडिनुहोस
  • होमपेज
  • ५ जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा जयनारायण आचार्य

५ जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा जयनारायण आचार्य

काठमाडौं। गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ। यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ। यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने शर्मा र आचार्य गृह मन्त्रालयमै थिए। उपसचिव सुवेदीलाई प्यूठानको सीडीओ बनाएर पठाएपछि प्यूठानका सीडीओ नारायणप्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ।

गृह मन्त्रालयले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा बाबुलाल अर्याललाई पठाएको छ। अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ। यसैगरी अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ। तर उनको जिम्मेवारी तोकिन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका