जोडिनुहोस
  • होमपेज
  • ५ महिनादेखि चिकित्सक बेपत्ता

५ महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर। महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन्।

काठमाडौंमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। सोही दिन दिउँसो ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमती पुनमले बताइन्। प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका