जोडिनुहोस
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडकः नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

नारायणगढ–मुग्लिन सडकः नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर। नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका