पोखरा। पोखरा महानगरपालिका–८ बगालेटोल बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले बुधबार खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ बगालेटोल बस्ने कुँवरले ४० वर्षीया श्रीमती राधिका कुँवरको घाटी र पेटमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको देखेका थिए। घरबेटीले खबर गरेपछि तत्कालै वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई पक्राउ गरी राधिकालाई अस्पताल पु¥याएको थियो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले १२४४ बजे मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताए। प्रहरीका अनुसार सामान्य विवाद भएपछि जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए।
जहरसिंहलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको एक छोरा रहेका छन्।