जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाडौं। सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ।

शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो। अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको रोयटर्सले जनाएको छ। यो साता नै बैंकले सन्दर्भ ब्याजदर घटाउने करिब निश्चित भएसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेडरल रिजर्भ बैंकले सेप्टेम्बर १७ वा १८ मा ०.५० प्रतिशत विन्दुले सन्दर्भ ब्याजदर घटाउने अनुमान छ। हाल फेडरल रिजर्भ बैंकको सन्दर्भ ब्याजदर सीमा ५.२५ देखि ५.५० प्रतिशत छ।

चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १८ सय ६० रुपैयाँ रहेको चाँदी आज १९ सय कायम भएको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका