काठमाडौं। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन्। ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणहरूले भने ह्यारिसले जितेको देखाएका छन्।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन्। अहिलेसम्मका सर्वेक्षणहरूमा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ।
पूर्वराष्ट्रपतिले अध्यागमन र मुद्रास्फीति जस्ता विषयमा पनि छलफलमा विस्तृत रूपमा छलफल भइसकेकाले अब अर्को बहसको आवश्यकता नरहेको बताएका छन्।
बाइडेन प्रशासनमाथि हमला गर्दै उनले देशलाई ध्वस्त पारेको र यसबारे बहसमा पनि कुरा भइसकेको बताए। उनले भनेका छन्, ’जब एक पेसेवर बक्सर हार्छ, उसले सधैं भन्छ कि म पुनः खेल चाहन्छु। मैले कमला ह्यारिसविरूद्ध बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी थिइन्।’
ट्रम्पले ह्यारिसले फक्स न्यूजको बहसमा भाग नलिने र एनबीसी र सीबीएस बहसमा पनि भाग लिन अस्वीकार गरेको आरोप लगाए।
अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५ मा हुँदैछ।