जोडिनुहोस
  • होमपेज
  • नेपाल लगानीका दृष्टिकोणले सुरक्षितः अर्थमन्त्री पौडेल

नेपाल लगानीका दृष्टिकोणले सुरक्षितः अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रूपमा प्रमाणित भएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गरेका हुन् ।

अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङको काम सरकारले शुरू गरेको र यो अन्तिम नभई शुरूआत भएको बताए । पौडेलले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रूपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने पनि बताए । उनले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वाभाविक रूपमा नेपाल लगानीका लागि अनुकूल गन्तव्य भएको सन्देश विश्वव्यापी रूपमा गएको बताए । उनले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरूले राम्रो प्रतिफल पाउने जिकिर गरे ।

‘यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिन सफल भएका छौँ’, उनले भने ।

मन्त्री पौडेलले कन्ट्री रेटिङमा नेपालले ‘डबल बी माइनस’को रेटिङ पाएको र यो दक्षिण एसियामा अनुकूल नतिजा रहेको बताउँदै नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकूल परिस्थिति निर्माण गर्न सबैले समान भूमिका खेल्नुपर्ने बताए। उनले आफूहरू बीबी माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमशः आगमी दिनमा सबल र सुदृढ बनाउँदै जाने बताए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका