२०८० फागुन २० गते | 3rd of March 2024

थप ३११४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या हजार नाघ्यो

थप ३११४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या हजार नाघ्यो
Sanchar_np प्रकाशित: २०७७ कार्तिक १८ गते १७:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४६८ सहित देशभर ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १४६८ जना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *