२०८० फागुन १४ गते | 26th of February 2024

नक्कली पीसीआर रिपोर्ट प्रकरणः स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गर्‍यो

नक्कली पीसीआर रिपोर्ट प्रकरणः स्वास्थ्य मन्त्रालयले  छानबिन समिति गठन गर्‍यो
Sanchar_np प्रकाशित: २०७७ मंसिर ४ गते १९:१६

काठमाडौँ । काठमाडौंका केही अस्पताल र निजी ल्यावहरुले दिएको पीसीआर रिपोर्टमा केही यात्रुको रिपोर्टमा देखिएको समस्याले नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा डा अमृत पोखरेल र बलराम गौतम पनि सदस्य रहेका छन्।
काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्न लागेको हो।
काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न समेत भनेको थियो ।
यी अस्पताल र ल्यावहरुकै कारण नेपाल एयरलाइन्स हङकङ्ग, युएइ सहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेको छ ।
पर्यटन मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टार लगायतका यी ल्यावहरुले स्वाव नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पीसीआर रिपोर्ट दिने गरेको उल्लेख छ ।
हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *