२०८० फागुन ११ गते | 23rd of February 2024

गुणस्तरहीन लिचि जुस बजारमा

गुणस्तरहीन लिचि जुस बजारमा
Sanchar_np प्रकाशित: २०७७ मंसिर २१ गते २०:५९

काठमाडौं। सेल्स म्याक्स कम्पनीले गुणस्तरहीन लिची जुस बजारमा बेचेको पाइएको छ। झापामा रहेको सम्भवी फुड एण्ड बेभरेज कम्पनीले उत्पादन गरेको लिची जुसलाई काठमाडौंमा होलसेल डिलर सेल्स म्याक्स कम्पनीले बिक्रीवितरण गरिरहेको छ। यसैले बेचेको जुस गुणस्तरहीन भएको पाइएको हो।
उपभोक्ताले आफूले खरिद गरेको जुस गुणस्तरहीन भएको गुनासो गरेपछि डिसीनेपालले यस विषयमा काठमाडौंमा बजार व्यवस्थापन गर्ने कम्पनी सेल्स म्याक्ससँग बुझ्दा पहिले कम्पनीका प्रतिनिधिले सुरुमा डिसीनेपालको कार्यालयमै आउने बताएका थिए। तर, लगत्तै उनको बोली फेरिँदै गयो। पछि उनले आफू सामान्य कर्मचारी मात्रै भएको र यो बिषयमा धेरै जानकारी नभएको भन्दै पन्छिन खोजे।
उनले पटक पटक आग्रह गर्दा पनि आफ्नो परिचय दिन समेत अस्वीकार गरिरहे।
उनले आफूले विस्तृत विवरण दिन नसक्ने बताएपछि उनीसँग यस विषयमा जानकार अधिकारीबारे सोधियो। उनले केही समयपछि सम्बन्धित व्यक्तिको फोन नम्बर उपलब्ध गराउन बताएका थिए तर उनले आफूबाहेक अर्को कुनै व्यक्तिको सम्पर्क उपलब्ध गराउन सकेनन्। बरु उनी यत्तिकै सम्पर्कमै नरहने प्रयास गरे। उनीतर्फबाट सम्पर्कको प्रयास नभएपछि पुनः उनलाई फोन गरियो।
२ पटकसम्म नउठेको फोन तेस्रो पटक उठ्यो। त्यसपछि भने उनी यो कुराबाट पूरै पन्छिन खोज्दै आफ्नो नभइ गल्ती उत्पादक कम्पनीको भएको बताए। उनले यस विषयमा उत्पादक कम्पनी नै जिम्मेवार हुने र बिक्री गर्ने कम्पनीलाई यसबारे जानकारी नहुने बताए। काठमाण्डौंमा वितरण गरिरहेको सेल्स म्याक्सका कर्मचारीले आफूहरुले सबै उत्पादकबाट आएको सामान मात्रै वितरण गरिरहेको भन्दै उत्पादन गर्ने कम्पनीको नै गल्ती हुने बताए। यो बिषयमा आफ्नो कुनै गल्ती नभएको उनको भनाइ छ।
बिक्री गर्ने कम्पनीबाट पटक पटक माथिल्लो तहका अधिकारीको नम्बर उपलब्ध गराइदिने भनिए पनि उनीबाट कसैको सम्पर्क उपलब्ध हुन सकेन। यस विषयमा पटक पटक सोधपुछ गरिएपछि उनले फोन उठाउनै छाडेका छन्। डिसीनेपालको आधिकारिक नम्बर त उनले ब्ल्याकलिस्टमै राखिसकेका छन्, त्यो नम्बरबाट उनको फोनमा फोन जाँदैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *