२०८० फागुन १४ गते | 26th of February 2024

दरवारमार्गबाट आठ जना जुवाडे पक्राउ

दरवारमार्गबाट आठ जना जुवाडे पक्राउ
Sanchar_np प्रकाशित: २०७७ पुष ३ गते १३:४२

काठमाडौं। काठमाडौको दरवारमार्गबाट आठ जना जुवाडे पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरवारमार्गले दुई महिलासहित ८ जना जुवाडे पक्राउ गरेको हो।
बिहीबार राति ‘वान वेएके’ होटेल एण्ड लाउञ्ज रेष्टुरेन्टबाट ५ लाख १८ हजार नगद, केही चेकसहित जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवालीसहित रञ्जना ढकाल र ओममाया गुरुङ रहेका छन्। वान वेएके होटेल एण्ड लाउञ्ज बारका मालिक प्रकाश लामाले जुवा खेलाएको प्रहरीको दाबी छ।
जुवा खेलाउने दिनेश लामासहित ७ जना फरार रहेको प्रहरीको दावी छ । उनीहरुलाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *