२०८० फागुन १४ गते | 26th of February 2024

उतारचढावकाबीच नेप्सेमा सामान्य सुधार

उतारचढावकाबीच नेप्सेमा सामान्य सुधार
Sanchar_np प्रकाशित: २०७७ पुष ६ गते १६:३१

काठमाडौं। साताको कारोवारोको दोस्रो दिन सेयर बजारमा उतारचढावकाबीच सामान्य सुधार देखिएको छ। संसद विघटन भएसँगै राजनीतिक माहोलले ऐतिहासिक रुपमा घटेको सेयर बजार सोमबार भने बढेको छ।
कारोबारोको सुरुवाती समयमा गिरावट आएको सेयर बजार अन्तिम समय आएर सामान्य सुधार भएको हो। सोमबार आइतबारको तुलनामा बजार ३० दशमलव ३३ अंकले बढेर १९ सय ६५ दशमलव ९६ अंकमा पुगेर बन्द भयो।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आइतबारको तुलनामा सोमबार कोरोबार रक मभने घटेको छ। सोमबार २ सय २ कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता किनबेच हँदा ६ अर्ब ६९ करोड ९८ लाखभन्दा माथीको कारोबार भएको छ।
सोमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्सोरेन्स कम्पनीको ७२ करोड ८८ लाख बराबरको कारोबार भयो। यस्तै सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले धेरै गुमाए। कारोबारो भएकामध्ये १ समूह बाहेक सबै समूह नकारात्मक रहे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *