२०८० फागुन २० गते | 3rd of March 2024

नेकपा ओलीसमूहले शुरु गर्याे प्रदेशगत प्रशिक्षण

नेकपा ओलीसमूहले शुरु गर्याे प्रदेशगत प्रशिक्षण
Sanchar_np प्रकाशित: २०७७ पुष ७ गते २२:२९

काठमाडौं । केन्द्रीय कमिटीको विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीसमूहले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ । सो पार्टीले आजदेखि काठमाडौंमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको छ ।
सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका छन् । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको जनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले ५५६ सदस्य थप गरेको थियो । सो पार्टीले आजै थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *