२०८० फागुन १४ गते | 26th of February 2024

विदेशी दबाव, प्रभाव र हस्तक्षेप अस्वीकार्यः कमल थापा

विदेशी दबाव, प्रभाव र हस्तक्षेप अस्वीकार्यः कमल थापा
Sanchar_np प्रकाशित: २०७७ पुष १४ गते १६:५५

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् । विदेशिको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समय पछि काङ्ग्रेस एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे ।
मकवानपुरको आफ्नो चुनावी क्षेत्र बकैया गाउँपालिकाको छतिवनमा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए । राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रति आफ्नो आपत्ति नभएको तर योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै हिँड्ने प्रवृत्तिको भने बिरोध गरेको स्पष्ट पारे ।
धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार, व्याभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए । कसै सँग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो । विदेशीहरु आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्वभौमिकता कमजोर भएको थापाको भनाइ थियो ।
विदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को बिरोध गरे । चुनाव जित्ने संगठन अहिलेको आवश्यकता भएको थापाको भनाइ थियो । कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले कांग्रेस कम्युनिस्ट असफल साबित भएकोले अब जनताले राप्रपालाई रोज्नुपर्ने बिचार व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *