२०८० फागुन २० गते | 3rd of March 2024

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एकजना घाइते

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एकजना घाइते
Sanchar_np प्रकाशित: २०७७ पुष २० गते २२:०४

कञ्चनपुर । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार आज साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । “भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।”
घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *