२०८० फागुन १४ गते | 26th of February 2024

जिल्लाको सुरक्षा अवस्थाबारे मुल्यांकन गर्न जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रालयको निर्देशन

जिल्लाको सुरक्षा अवस्थाबारे मुल्यांकन गर्न जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रालयको निर्देशन
Sanchar_np प्रकाशित: २०७७ पुष २१ गते २२:०१

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकार भने चुनावी तयारीमा जुटेको छ। निर्वाचन आयोग पनि चुनावको तयारीमा जुटिसकेको छ। गृह मन्त्रालयले चुनावी सुरक्षा रणनीति बनाउन समिति नै गठन गरिसकेको छ।
गृह मन्त्रालयले प्रत्येक जिल्लाको सुरक्षा अवस्थाबारे मुल्याकंन गरी प्रतिवेदन पठाउन जिल्ला सुरक्षा समितिलाई निर्देश दिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले मंगलबार एक अपील जारी गर्दै गृह मन्त्रालय सुरक्षा रणनीति बनाउन सक्रिय भइसकेको जानकारी दिएका छन्। उनले त्यसका लागि प्रत्येक जिल्लाको सुरक्षा अवस्थाबारे रिपोर्ट गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको बताएका छन्।
गृहमन्त्रालयले कोरोना महामारीको जोखिम यथावत नै रहेको भन्दै चुनावी कार्यक्रम गर्दा स्वास्थ्य प्रोटोकलको ख्याल गर्नसमेत अपील गरेको छ। मन्त्रालयले वैशाख १७ र २७ का लागि तोकिएको मतदानको मितिमै मतदान हुने गरी चुनावी वातावरण बनाउन पनि अपील गरेको छ।
उता सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन नै असंवैधानिक भन्दै सर्वोच्चमा परेका १२ वटा रिटमाथिको सुनुवाई बुधबारदेखि हुँदैछ। सर्वोच्चले यी रिटमा निरन्तर सुनुवाई गर्नेछ। यस्तै सत्तारुढ दलबाहेक सबै दलहरु संसद विघटनविरुद्ध आन्दोलनमा छन्। दलहरु चुनाव हुनेमा विश्वस्थ नरहेको बेला गृह मन्त्रालयले चुनावी वातावरण बनाउन अपील गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *