२०८० फागुन ११ गते | 23rd of February 2024

एपीएफको एसपीमा बढुवाका लागि १६ जना सिफारिस

एपीएफको एसपीमा बढुवाका लागि १६ जना सिफारिस
Sanchar_np प्रकाशित: २०७७ माघ ५ गते २१:४८

काठमाडौं। सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसाद आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *