२०८० फागुन १४ गते | 26th of February 2024

पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ भदौ २७ गते १२:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने १३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *