२०८० फागुन २० गते | 3rd of March 2024

भौतिक उपस्थितिमा पठनपाठन नगराउन विद्यालयलाई काठमाडौं प्रशासनको आदेश

भौतिक उपस्थितिमा पठनपाठन नगराउन विद्यालयलाई काठमाडौं प्रशासनको आदेश
Sanchar_np प्रकाशित: २०७८ भदौ ३१ गते १३:४८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ ।

साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले अर्को व्यवस्था नभएसम्मका भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको हो ।

तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले भोलिदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

बिहीबार प्रशासनले जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ ।

यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।

यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ ।

यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने, निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *