२०८० फागुन ११ गते | 23rd of February 2024

पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज २ गते ११:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने १६ जनाको मृत्यु भएको छ ।

१,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११र११ जना संक्रमित भेटिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *