२०८० फागुन ११ गते | 23rd of February 2024

ट्रेड युनियन महासंघका अध्यक्ष थापाको नेतृत्वमा केन्द्रीय समिति गठन

ट्रेड युनियन महासंघका अध्यक्ष थापाको नेतृत्वमा केन्द्रीय समिति गठन
Sanchar_np प्रकाशित: २०७८ असोज २० गते ११:५३

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन भएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर महासंघले काभ्रेमा असोज १६ गते सुरु भएर १८ गते सम्पन्न गरेको सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय सदस्य समिति चयन गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष बिनोद थापाले नेपालको कानुन श्रमिकको विरुद्धमा भएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनका श्रमिक हितबिरोधी प्रावधानहरु तत्काल खारेज गर्न तथा श्रमिक हितविरोधी प्रावधान हटाउन बिद्रोहको लहर सिर्जना गर्ने उद्देश्यसमेत उक्त सम्मेलनले लिएको जानकारी दिए ।

मजदुर विरुद्धको प्रत्येक सरकारको कदमलाई आफूहरुको ट्रेड युनियनले असहयोग गर्ने बताए । त्यस्तै मजदुर अधिकारको लागि आन्दोलन गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *